प्रचण्डको दाबी : स्वतन्त्र भनेर आउनेहरू स्वतन्त्र होइनन्, देशलाई पछि लैजाने तत्त्व हुन्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैज्ञानिक बहसको नेतृत्व र आन्दोलन गर्न पछि फर्काउने तत्व प्रवृत्ति हाबी हुने दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष दाहालले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरू स्वतन्त्र नभई विभिन्न नाममा देशलाई पछि लैजाने तत्त्व भएको दाबी गरे । उनले अहिलेको नेपालमा र समयमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गरे । 

'हामीले वैज्ञानिक बहसको नेतृत्व र आन्दोलन गर्न सकेनौँ भने पछि फर्किने तत्व र प्रवृत्ति आउँछन् । विभिन्न नाममा आउँछन्, व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र अहिले कोही हुँदैन । स्वतन्त्र भन्ने अहिले मान्छे हुँदैन । अहिलेको जमाना र नेपालमा,’ उनले भने ।

अध्यक्ष दाहालले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताए । जनताको अधिकार खोस्ने र सिमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियर, वैज्ञानिक र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा सुरु गर्न आवश्यक रहेको बताए । 

अध्यक्ष दाहालले नेपालमा विज्ञानको प्रयोग सचेत रुपले  हुन नसकेको पनि स्पष्ट पारे । उनले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्तिसफल भएको दाबी गरे ।



अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति कम्परमाइजका कारण राजनीतिक रुपमा पूर्ण हुन नसकेको बताए । उनले अहिलेको समाज नयाँ बाटोतिर जान नदिने भएकोले यसलाई तत्काल वैज्ञानिक समाजमा लैजान नसकिने बताए ।



  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १५:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया