नेप्से १४.७१ अंकले बढेर २००० बिन्दुमाथि पुग्यो
फाइल तस्वीर

बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको छ । आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो । 

लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन् ।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट चार करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो । उक्त व्यवस्था हट्नुपर्ने माग संगठित लगानीकर्ताहरूको छ । 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १५:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया