धौलिगंगाको बाँध खोलिँदै, सतर्क रहन दार्चुला प्रशासनको आग्रह

भारतले पिथौरागढस्थित धौलिगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । एनएचपिसी लिमिटेड र धौलिगंगा पावरस्टेसनले बाँध खोलिने जनाकारी दिएको हो ।

धौलिगंगाको बाँध खोलिने जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रहसमेत गरेको छ ।

‘धौलिगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार बिहान ५ बजे देखि खोलिने जानकारी आएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको भएको छ,’ बाध खोलिँदा महाकालीमा पानीको बहाव बढ्ने र त्यसले तटीय क्षेत्रमा जोखिम समेत बढाउन सक्ने भएकाले जोखिममा रहेका नागरिकलाई सचेत रहन आग्रह गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालय दार्चुलका अनुसार एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढले असार ३१ गते बिहान ५ बजेदेखि ३१ गते बेलुकी ८बजेसम्म सिल्ट फ्लसिङ र सरसफाइका लागि बाँध खोल्ने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बभावित जोखिममा रहेका जिललाको व्याँस गाउँपालिका–५ धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया