अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको शेखरको दाबी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दाबी गरेका छन् । 

शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् । 

अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दाबी गर्दै उनले मधेसका सबै जिल्लाका सभापतिसमेत गठबन्धनको पक्षमा नरहेको विषय आफ्नो जानकारीमा रहेको बताए । यद्यपि कोइरालाले न्यूनतम सिट दिएर गठबन्धन गर्न सकिने स्पष्ट पारे । 

उनले भने, ‘गठबन्धन गर्ने पक्षमा तपाईंहरू हुनुहुन्न भन्ने कुरा मलाई थाहा छ, तर गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडिको निर्णय गर्नुपर्छ ।’ 

गठबन्धन कति सिटमा र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्ने कोइरालाको भनाइ थियो । गठबन्धनका न्यूनतम मापदण्ड मानेर कांग्रेस अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनको परिस्थिति फरक रहेको बताउँदै उनले दूरगामी सोचका साथ नेतृत्वले निर्णय गर्नुपर्ने बताए । 



अर्थमन्त्री प्रकरणमा बोल्दै कोइरालाले अर्थमन्त्रीको राजीनामाले नै मुलुक राजनीतिमा गडबडी ल्याएको बताए । उनले यस्तो संवेदनशिल घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने जिकिर गरे । 

कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका संसदीय दलका नेता रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पजियार, नेता रामकृष्ण यादव, दिनेश प्रसैला यादव, मेघनाथ यादवसहितको उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया