डोनाल्ड ट्रम्पकी पहिलो श्रीमतीको निधन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको हो ।

समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा इभानाको सम्झनामा लेखेका छन्, ‘उनी एक सुन्दर र अद्भुत महिला थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’ 

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो । उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्षसँगै बसेपछि सन् १९९२ मा उनीहरूको सम्बन्धविच्छेद भयो । इभाना र डोनाल्डका तीन सन्तान छन् ।    





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ८:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया