भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि स्थानीय प्रशासनले महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ । यसअघि परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने स्थानीय प्रशासनलाई जानकारी गराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।