एजेन्सी– विश्वमा क्याथोलिक चर्चको मुख्यालय मानिएको भ्याटिकन सिटीले पहिलो पटक अन्तर्राष्ट्रिय इभेन्ट्समा सहभागी हुन आफ्नो टिमको घोषणा गरेको छ । टिममा चर्चका पादरी सहित ६० जना सदस्य रहेका छन् ।
ट्रयाक एन्ड फिल्ड इभेन्टसका लागि बनेको यो टिमको लक्ष्य ओलम्पिकमा क्वालिफाइ हुनु हो । यो टिम अर्को हप्ता इटलीको ओलम्पिक कमिटीसँग भाग लिन सम्झौता गरेको जानकारी दिएका छन् ।
टिममा स्विस गार्ड, औषधि पसल सञ्चालन गर्ने प्रोफेसर पनि सहभागी रहेका छन् । सबैभन्दा बढी उमेरका ६२ वर्षीय प्रोफेसर पनि रहेका छन्, उनी लाइब्रेरी सञ्चालन गर्छन् ।
सुरुमा यो टिम एउटा सानो प्रतियोगितामा सहभागी हुनेछ । जसमा युरोपको गेम अफ स्माल स्टेट्स र मेडिटेरेनियन गेम्समा हुँदैछ, जहाँ १० लाख भन्दा कम जनसंख्या भएको देश भ्याटिकन सिटी सहभागी हुनेछ ।
खेलकुद तथा साँस्कृतिक विभागका अध्यक्ष र टिम क्याप्टेन मेलचोस होसे सान्चेजले ओलम्पिक खेलमा अरु देशको जस्तै आफ्नो देशको पनि झण्डा फहराएको हेर्ने सपना भएको बताए ।
टिमकी सदस्य रनर मिसेला सिप्रिएटीले आफूहरु प्रतियोगीमात्र नभएर संस्कृतिको समेत प्रचार गर्न र नस्लवादविरुद्ध लड्न खोजेको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।