हर्क साम्पाङ र रवि लामिछानेबीच भेटवार्ता, सहकार्य गर्ने विषयमा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग छलफल गरेका छन् । भेटमा लामिछानेले साम्पाङसँग सहकार्यको प्रस्ताव राखेका थिए ।  

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला, सहकार्य जारी रहनेछ ।’

लामिछानेले साम्पाङलाई उनकै कार्यकक्षमा भेटेका थिए । साम्पाङ गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररूपमा धरानको मेयरमा विजयी भएका थिए ।
 
लामिछानेले केही समयअघि पार्टी दर्ता गरेका थिए । उनी आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ११:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया