निगम घाटामा तर इन्धनकाे मूल्य यथावत्

काठमाडौं– नेपाल आयल निगमले घाटा सहेर इन्धन बेच्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भए पनि स्वाचालित मूल्य समायोजन विधिबाट मूल्य नबढाई निगमले इन्धनको मूल्य यथावत् राख्ने निर्णय गरेको हो । 

निगम अहिले १ अर्ब ६ करोड घाटामा छ । गत दसैँ, तिहार तथा छठको समयमा मूल्य वृद्धि हुँदा समेत निगमले उपभोक्ताका लागि भन्दै इन्धनको मूल्य बढाएको थिएन । त्यसले गर्दा निगमको घाटा २ अर्ब ३७ करोड पुगेको थियो । पछिल्लो समय भने निगमले पेट्रोल र डिजेलबाट कमाएको नाफाले निगमको घाटा कम गरेको थियो । खाना पकाउने ग्यासमा भने निगम ८० रुपैयाँ ६९ पैसा घाटामा थियो । 

बुधबार इन्डियन आयल कर्पाेरेसनबाट प्रतिलिटर पेट्रोलमा ६१ पैसा तथा डिजेलमा ४५ पैसा प्रतिलिटर मूल्य बढेर आएकाले नाफा ऋणात्मक भएको निगमले जनाएको छ । 

तर, निगमले विज्ञप्ति जारी गर्दै आमसर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अर्काे मूल्य नआउने वेलासम्मका लागि इन्धनको मूल्यमा परिर्वतन नगरेको जनाएको छ । 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १९:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया