logo-img

प्रतितिसभामा उपसभामुख निर्वाचनको प्रक्रिया सुरु [भिडियो]
फाइल तस्वीर

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।  

यसपछि  फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक उपसभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् । 

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् । 







  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया