एजेन्सी– अष्ट्रेलियाको तापक्रम निकै बढेको छ । त्यहाँका अधिकारीहरुका अनुसार शुक्रबार इतिहासकै १० अत्याधिक गर्मीमध्येको एक दिन भयो । शुक्रबार अष्ट्रेलियाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो ।
अष्ट्रेलियामा गत शनिबारदेखि तापक्रम वृद्धि भएको त्यहाँको मौसम पूर्वानुमान शाखाले बताएको छ । न्यु साउथ वेल्सको सहर नुनामा त रातीको तापक्रम नै ३५.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । तापक्रम अझ बढेर ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
यसअघि सन् २०१३ मा पनि अष्ट्रेलियामा लगातार सात दिन ३९ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । अहिलेसम्म अष्ट्रेलियामा मापन गरिएको सबैभन्दा धेरै तापक्रम ४०.३ डिग्री सेल्सियस थियो जुन सन् २०१३ को ७ जनवरीमा मापन गरिएको थियो ।
गत बुधबार दक्षिणी भागमा उच्च तापक्रमका कारण १६ व्यक्ति अस्पतालमा भर्ना गरिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।