उपसभामुखको निर्वाचनका क्रममा जे देखियो [तस्वीरहरू]
तस्वीरहरू : जुली गिरि र संसद सचिवालय

प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । 

निर्वाचनको मत परिणाम घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए ।

प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 

त्यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । उनी भुसालसँग पराजित भइन् । उनको पक्षमा ९३ मत परेको थियो ।

निर्वाचन अघि भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाका नेताहरूले समर्थन गर्दै धारणा राखेका थिए ।

विद्याको पक्षमा एमाले र राप्रपाका सांसदले समर्थन गर्दै आफ्नो धारणा राखेका थिए । यता नेपाल मजदुर किसान पार्टी उपसभामुख चयनमै तटस्थ बसेको थियो । 





 

 

  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १७:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया