मस्को- रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् ।
प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
ठक्कर खाएका विमानहरु गोला बारुद विना थिए भने उनीहरूलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।