दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । 

शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रचण्डले आजै भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् ।  





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार ११:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया