अध्ययन भन्छ - महामारीले बढायो ‘अनलाइन’ जुवातासको लत

कोभिड–१९ को महामारीका बेला अस्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । 

संक्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाइन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो । 

नेशनल लाइब्रेरी अफ मेडिशिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिकरूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ । 

विकासात्मक मनोवैज्ञानिक एवं म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर पर्नसक्ने बताएका छन् । 

इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिडचिडापन, विगतका आमोदप्रमोद एवम् मनोरञ्जनका कुरामा अरूची र वेवास्ता गर्ने तथा गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा उनीहरूबाट आक्रमणसमेत हुनसक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गरेका छन् । 

सामाजिकरूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा उनीहरू अधिकमात्रामा व्यस्त रहेका पाइएको छ । 



प्राध्यापक वारबर्टनले अमेरिकी तथ्यांकलाई पनि सर्वेक्षणमा उद्धृत गरेका छन् ।  सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकिशोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चारसय मिनेटमा सीमित थियो ।



  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १४:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया