यसरी हुँदैछ हेटौंडामा पाउडर दूध उत्पादन प्लान्टको निर्माण  [फोटो फिचर]

बागमती प्रदेश सरकारले महत्त्व दिएको दूध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले प्राथमिकताका साथ गौरवको योजनामा राखेको धुलो दूध निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ लगानीमा हेटौँडा उपमहानगरपालिका–१० को दुई बिगाहा क्षेत्रफलमा पाउडर प्लान्ट निर्माण भइरहेको छ ।

हाल निर्माण क्षेत्रमा मेसिनहरू जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि प्रदेश सरकारले हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माण कार्य सुरु गरेको थियो । 

किसानले उत्पादन गरेको दूध विभिन्न कारणले सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएका भन्दै उक्त समस्या समाधान गर्न प्लान्ट निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको थियो। प्लान्ट निर्माणका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं इजी इन्फा प्रालिसँग एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । 

तर, कोरोना भाइरस महामारीका कारण मेसिनहरू विदेशबाट ल्याउन समस्या भएपछि तीन महिना म्याद थपेर हाल निर्माणको काम भइरहेको छ । 

 





 

  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १४:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया