नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालीन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् ।
ओली उपस्थित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता सम्भव नभए तालमेल गर्ने प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि सो प्रश्न गरेका हुन् ।
‘तीन महिना मलाई सरकार चलाउन दिनुहोस्, अब म पार्टीको अध्यक्षमा लड्दिन, म महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नुभएको थियो, तर ओलीजीको सरकार ढल्यो,’ भण्डारीले भने, ‘के उहाँको सरकार अमेरिका आएर ढालेको हो ?’
भण्डारीले नेपाली भूमिलाई विदेशी शक्तिको क्रिडास्थल बन्न नदिनका लागि राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।