पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलबीच गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाइ राखेका हुन् । 

त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको र त्यसले आवश्यक निर्णय लिने उनको भनाइ थियो । नेता कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ । तर, गठबन्धन गर्दा पनि नेपाली कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी हामी गठबन्धनमा जानुपर्छ ।’ 

सभापति शेरबहादुर देउवा विधि र विधानसम्मत नचलेको आरोप लगाउँदै उनले भने, ‘तीन महिनामा चयन हुनुपर्ने कोषाध्यक्ष अझै चयन गर्न सक्नुभएको छैन ।’

उनले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताए । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १८:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया