राखेपले एसियन गेम्सको विशेष प्रशिक्षणलाई निरन्तरता दिने

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि भोलि नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यका साथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन् । 

नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु भएको प्रथम राष्ट्रिय खुल्ला स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडी तयारी अवस्थामा रहने गरी विशेष प्रशिक्षणलाई निरन्तरता दिने बताएका हुन । 

राखेपको कर्भड हलमा दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटनपछि बोल्दै सदस्यसचिव घिसिङले खेलाडीमा स्ट्रेन्थ निकै आवश्यक भएको र राखेपले पहिलोपटक फिजिकल परीक्षण गरेको बताए ।

घिसिङले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलको विशेष बन्द प्रशिक्षण भइरहेको जानकारी गराउँदै नेपालमा स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने समेत घिसिङले थपे । 

पहिलोपटक काठमाडौंमा आयोजना हुन लागेको प्रतियोगितामा देशभरका ७५ भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा महिला र पुरुष खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् र विभिन्न तौल समूहले प्रतिस्पर्धा हुँदै छ । 

पहिलो दिनको खेलमा विभिन्न तौल समूहका खेल सम्पन्न भए । आयोजकले तौल उचालेको आधारमा आइतबार मात्र नतिजा घोषण गर्नेछ । तीनै स्पर्धाबाट समग्रको विजेताले किर्गिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जानकारी दियो । सहभागी खेलाडीलाई संघको आफ्नै खर्चमा सहभागी हुन पठाउनेछ ।



प्रतियोगितामा महिलातर्फ ५८ केजी, ६५ केजी र ६५ माथिको तौल समूहमा प्रतिस्पर्धा हुँदै छ भने पुरुषतर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुँदै छ । यस्तै, मास्र्टसतर्फ ६५ केजी र ८५ केजीमाथिको स्पर्धामा प्रतिस्पर्धा हुँदै छ । 



  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १९:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया