नीलाम्बर आचार्य राजदूतका लागि स्वीकृत

काठमाडौँ । भारतका लागि राजदूतमा सिफारिस भएका नीलाम्बर आचार्यलाई भारतले स्वीकृत गरेको छ। कांग्रेसको सरकारका पालामा  श्रीलंकाका लागि नेपाली राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका आचार्यलाई भारतको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतको लागि स्वीकृत गरेको हो ।

यसबारे नेपाल सरकारलाई समेत जानकारी गराइसकेको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ताले जानकारी दिए । भारतीय पक्षबाट स्वीकृत भइसकेका आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सातासम्ममा आधिकारीक रुपमा राजदूतमा नियुक्त गर्ने सरकारी स्रोतले जानकारी दियो । 

तत्कालीन भारतका लागि नेपाली  राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभामा उम्मेदवार बन्‍न राजिनामा दिएपछि नयाँदिल्लीस्थित नेपाली दूतावास प्रमुखविहीन थियो । 





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १२:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया