भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् । उनले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मोदीसँगको भेटमा प्रचण्डले दुई देशबीचको आपसी सम्बन्धमा विषयमा कुराकानी गर्ने बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार आज बिहान उनले मोदीसँग ब्रेकफास्टसहित भेटवार्ता गदैृछन् ।
त्यसपछि प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रममा छ । भाजपा मुख्यालयमा हुने भेटवार्तामा विदेश विभाग प्रमुख विजय चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी हुनेछन् ।
भ्रमणको दोस्रो दिन हिजो प्रचण्ड फाउण्डेशन फर पब्लिक अवारनेस एण्ड पोलेसीले नयाँ दिल्लीमा गरेको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका थिए ।
प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि हिजै भेटवार्ता भएको थियो । प्रचण्ड आजै साँझ स्वदेश फर्कने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।