पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समितिको बैठक बस्दै

आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । 

बैठकले आज अर्थ मन्त्रालयका सहसचिवहरूसँग छलफल गर्नेछ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । 

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । आज नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्न लागेको हो । आजको बैठकमा नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।  

आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा समितिको आन्तरिक कामकारबाहीको बारेमा छलफल हुनेछ । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ९:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया