डा. गोविन्द केसीको समर्थमा प्रदर्शन [फाेटाेफिचर]

काठमाडौं– चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै पुस २५ गतेदेखि अशनन बसेका डा. गोविन्द केसीको समर्थन गर्दै माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ । ‘सोलिडारिटी फर डा. केसी’ अलाइन्सको अगुवाइमा प्रदर्शन सुरु गरिएको छ । प्रदर्शनमा हजारौं युवायुवती सहभागी छन् । 

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले बानेश्वरतर्फ अगाडि बढेको छ । प्रदर्शनकारीले ‘सबै कुरा प्रस्ट छ ओली सरकार भ्रष्ट छ’, एक दुई तीन चार हामी मान्नै छैनौं हार’ र ‘जिकेसीको अनशन माफियालाई टेन्सन’ लगायतका नारा लगाइरहेका छन् । 

प्रदर्शनमा सहभागी प्रदर्शनकारीले सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै दबाबस्वरूप प्रदर्शन गर्नुपरेको बताएका छन् । प्रदर्शनकारीले ‘नाममा समाजवाद शिक्षामा व्यापार’ तथा  ‘माफियाको मिसन सिटामोलमा कमिसन’ लगायतका नारा पनि लगाइरहेका छन् । 

 





 

  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १३:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया