गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा घेराउ तथा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा प्रहरी र विरोधकर्ताबिच केही बेर धकेलाधकेलसमेत भएको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ । प्रहरीको धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको भन्दै उनको विरोध हुन थालेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।