प्रचण्डलाई नारायणकाजीको अनुरोध : मोदीसँगको भेटवार्तामा अतिक्रमित भूमि फिर्ताको कुरा गर्नुहोला

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारत भ्रमणमा रहेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अतिक्रमित नेपाली भूमि फिर्ताबारे त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्न अनुरोध गरेका छन् ।

उनले लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ताको मुद्दा उठाउन अध्यक्ष प्रचण्डसमक्ष आग्रह गरेका हुन् ।   

प्रचण्डले आज मोदीसँग भेटवार्ता गर्दैछन् । त्यसअघि श्रेष्ठले प्रचण्डसमक्ष अतिक्रमित नेपाली भूमि फिर्ताबारे मोदीसँग कुराकानी गर्न आग्रह गरेका हुन् ।

‘भारतीय प्रम मोदीसँगको भेटवार्तामा पनि लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ता गर्नेलगायत नेपालको राष्ट्रिय हितका उपरोक्त सबै मुद्दाहरू स्पष्टसँग  राख्नु हुने आशा गर्दछु,’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन् । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ११:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया