हेटौंडामा सम्झौताको तीन महिनाअगावै पुलको काम सक्ने निर्माण कम्पनी पुरस्कृत
फाइल तस्बिर

तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ ।

हेटौंडा–११ नवलपुर र  पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनी पुरस्कृत हुने भएको हो ।

‘तोकिएको समयभन्दा तीन महिना अगाडि नै राप्ती नदीमा पुल निर्माण भएको छ,’ यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीले भने, ‘यसरी तोकिएको समय भन्दा अगावै निर्माण सम्पन्न गर्ने कम्पनीलाई दैनिक ०.०५ प्रतिशतका दरले बाँकी समयको रकम पुरस्कार स्वरूप रकम उपलब्ध गराउँदैछौँ ।’ उनका अनुसार सो पुल २६ असोजभित्र निर्माण गरिसक्ने गरी ठेक्का लगाइएको थियो  ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले दुई सय १५ मिटरको उक्त पक्की पुल २७ असोज ०७६ असोजमा निर्माण सम्झौता गरेको थियो । राप्ती नदीमाथि रहेको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

बागमती प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । उसका अनुसार यसअघि पनि एउटा पुल समयअगावै निर्माण सम्पन्न भएको थियो । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १३:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया