बारामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एकजना गम्भीर घाइते

बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।  

घाइते दुवैको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ ।  

दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १३:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया