प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदाबाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाएका हुन् । आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारबाट सम्भव नभएको जिकिरसमेत गरे ।
मुलुकमा राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको दोहोर्याउँदै महासचिव पोखरेलले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताए ।उनले भने, ‘अब मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यकता छैन । नेपालका राजनीतिक दलहरु पनि यी दुई प्रवृत्तिकै वरिपरि ध्रुवीकृत हुन जरुरी छ । आउने निर्वाचन त्यो दिशातर्फ अघि बढ्ने भन्ने कुराको विश्वास र अपेक्षा राख्न चाहन्छु ।’
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गरेको आपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भइरहेको महासचिव पोखरेलले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।