काठमाडौं– नेपाली साहित्यिक बजारमा प्रेमिल उपन्यास ठेलमठेल गर्दै आइरहेका छन् । तीमध्ये फाट्टफुट्ट उपन्यासले मात्र बजारमा स्थान पाउँछन्, धेरैजसो लेखकको लगानीसमेत डुब्ने गरेको तीतो यथार्थ छ । उपन्यास लेखनमा आजकल धेरैजसो युवाहरू देखिन्छन् , कोही सोखले लेख्छन् त कोही आफ्नो रुन्चे प्रेम कहानी सुनाउन । प्रायःको लेखमा परिश्रम देखिँदैन ।
फल त्यसले पाउँछ, जसले भरपुर मिहिनेत गर्छ । साहित्यिक बजारमा ‘डिम्पी’ नामक उपन्यास आएको छ । बुलबुल पब्लिकेसनले बजारमा ल्याएको यस उपन्यासका लेखक हुन्, सूर्यवल्लभ नेपाल । उनी अहिले २२ वर्षका भए । यो उनको पहिलो कृति हो । पाठकलाइ लाग्न सक्छ कि कम उमेरको व्यक्तिको पहिलो कृति दमदार हुँदैन, तर आफू पाठकको मनको भ्रम हटाउन सफल हुने बताउँछन्, युवा लेखक सूर्य ।
आफ्नो उपन्यासबारे सूर्य भन्छन्, ‘सबैजसो पाठकले पहिलो कृति भइकन यो लेभलको होला भन्ने नसोचेको र लेखनशैली उत्कृष्ट लागेको भनेर प्रतिक्रिया दिनुभएको छ । उनी थप्छनन्, ‘पढ्दै जाँदा गिदी भरिने गरी दिमागमा प्रश्न आउँछन्, पछि फेरि मन भरिनेगरी जवाफ पुस्तकबाटै आउँछन् । सुरुमा अलि बढी रोमान्टिकझैँ लागे पनि पछि त्यसको उत्तर पुस्तकबाटै पाइने उनको दाबी छ ।
डिम्पी उपन्यास नेपाली साहित्यभन्दा माथि उठेर लेखिएको कृति भएके बताउँछन्, सञ्चारकर्मी अच्युत घिमिरे ‘बुलबुल’ । यस उपन्यासले नेपाली साहित्यमा नयाँ शैलीको विकास गर्ने र युवा पुस्तामा पठन संस्कृति बनाउन मद्दत गर्ने घिमिरेको ठहर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।