अधिकारीको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालकाे चासाे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

चिसोका कारण छातीमा संक्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उनले जानकारी लिएका हुन् । 

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेका थिए । 

चिसोका कारण अधिकारीको छातीमा संक्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटक–पटक उपचार भइरहेको छ । उनलाई डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ ।  





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १५:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया