डा. लोहनीको आरोप : वाइडबडी प्रकरणमा ओली, प्रचण्ड, देउवाकै सहमति

काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइडबडी विमान खरिद प्रकरणमा शीर्ष नेताहरुको सहमति रहेको आरोप लगाएका छन् । 

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै डा. लोहनीले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको सहमतिमा वाइडबडी घोटाला भएको देखा परेको दाबी गरे । उनले भने, ‘यो काण्ड दुई पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ । यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषीलाई जोसुकै भए पनि छानबिन गरी निष्कर्षमा पुग्नुपर्छ ।’

‘यो प्रकरणमा संसद्लाई मन्त्रीले ठाडै ढाँटे । संसद्लाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्सन अफ जस्टिस’ हो,’ पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसद्लाई ढाँटेको आरोप लगाउँदै डा. लोहनीले भने,  ‘अरु देशमा भएको भए कारबाही हुन्थ्यो ।’

वाइडबडी प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन मन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने डा. लोहनीको माग छ । 





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १७:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया