मुलपानी रंगशाला निर्माण कार्य अघि बढाउन खेलकुदमन्त्रीको निर्देशन
फरकधार / २ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । निरीक्षणका लागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् । 



आगामी २ वर्षभित्रै सम्पन्नहुने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिँदै मन्त्री गहतराजले गुणस्तरीयताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए । 



मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्री गहतराजले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमानदार प्रयासको आवश्यकता रहेको बताए । 



अनुगमन तथा निरीक्षणका क्रममा उनले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनीहरुको हौसलासमेत बढाएका थिए । 
 







  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १८:०:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया