राधा फिल्मको तीज गीत ‘पाउमा पाउजु’ सार्वजनिक

नेपाली चलचित्र राधाको तीज विशेष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ‘पाउमा पाउजु’ बोलको गीत सार्वजनिक भएको हो । 

नायिका प्रियंका कार्की र सृष्टि श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् । सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । 

कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतीक्षामा रहेको प्रतिक्रिया दिए । उनले फिल्म निर्माणकर्ताको रुपमा प्रवेश गरेका नायक सौगात मल्ललाई शुभकामना दिए । 

त्यस्तै, गायक कालीप्रसाद बाँस्कोटाले तीजको गीतमा काम गर्न गाह्रो भए पनि काम सकिएपछि खुसी लागेको बताए । त्यस्तै, गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भए पनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुसी लागेको बताइन् । 

त्यस्तै, नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कमब्याक गर्नका लागि यो फिल्मले भूमिका दिएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै, नायक सौगात मल्लले गीत हेरेर राम्रो लागेको बताए । फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको उनले बताए । 

त्यस्तै, नायिका सृष्टि श्रेष्ठले फिल्ममा काम गर्ने अवसर पाएकोमा खुसी लागेको बताइन् । त्यस्तै, नायक निश्चल बस्नेतले राधा फिल्म राम्रो बनेर आउने विश्वास व्यक्त गर्दै निर्माण क्षेत्रमा काम सुरु गरेकोमा नायक मल्ललाई शुभकामना व्यक्त गरे । 



सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भूमिका छ । 

फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रमदास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेका लागि प्रदर्शनीको मिति तोकिएको छ । 




  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १८:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया