यही वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन ०७९ मा उम्मेदवार बनेका बझाङका झण्डै आधा उम्मेदवारले अझैसम्म पनि खर्चको विवरण नबुझाएको पाइएको छ । निर्वाचन कार्यालय बझाङले जारी गरेको सूचनाको आधारमा बझाङमा हालसम्म स्थानीय तहको उम्मेदवार बनेका मध्ये ५४.७१ प्रतिशतले मात्रै आफूले गरेको खर्चको विवरण बुझाएका हुन् ।
०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका र पराजित भएकामध्ये ४५.२९ प्रतिशत उम्मेदवारले अझै चुनावको समयमा गरेको खर्चको विवरण नबुझाएको निर्वाचन कार्यालय बझाङले जनाएको छ । निर्वाचनको परिणाम घोषणा भएको एक महिनाभित्रमा आफ्नो खर्चको विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि अझैसम्म पनि अधिकांशले विवरण नबुझाएको पाइएको हो ।
जिल्लाका १२ वटा पालिकामध्ये साइपाल गाउँपालिकामा निर्वाचनमा ५८ जना सहभागी भएको भए पनि हालसम्म १६ जना निर्वाचित र ७ जना पराजित गरी २३ जनाले मात्रै खर्चको विवरण बुझाएको भए पनि अन्य ३५ जना उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् ।
त्यसैगरी ११८ जना उम्मेदवार रहेको केदारस्यूँ गाउँपालिकामा हालसम्म ४८ जना निर्वाचित, ३० जना गरी ७८ जनाले मात्रै विवरण बुझाएको र बाँकी ४० जनाले अझै विवरण बुझाएका छैनन् ।
यता, ९७ जना उम्मेदवार रहेको खप्तड छान्ना गाउँपालिकामा हालसम्म ३७ जना निर्वाचित र ३२ जना पराजित गरी ६९ जनाले विवरण बुझाएको र २८ जनाले विवरण नबुझाएको निर्वाचन कार्यालय बझाङले जनाएको छ । २४ जना निर्वाचित र ३५ जना पाराजित गरी ५९ जनाले विवरण बुझाएको भए पनि ३१ जनाले अझै खर्चको विवरण बुझाएका छैनन् ।
जयपृथ्वी नगरपालिकामा १५१ जना उम्मेदवार रहेकोमा हालसम्म निर्वाचित ६० र पराजित ४१ जना गरी १०१ जनाले विवरण बुझाएको भए पनि ५० जनाले चुनावको बेला गरेको खर्चको विवरण बुझाएका छैनन् । ८६ जना उम्मेदवार रहेको तल्कोट गाउँपालिकामा २९ जना निर्वाचित र ११ जना पराजित गरी ४० जनाले विवरण बुझाएका छन् भने ४६ जनाले विवरण बुझाएका छैनन् ।
यता, थलारा गाउँपालिका ११४ जना उम्मेदवार रहेकोमा २३ जना विजयी र २४ जना पराजित गरी ४७ जनाले विवरण बुझाएका छन् । बाँकी ६७ जनाले विवरण नबुझाएको पाइएको छ ।
दुर्गाथली गाउँपालिकामा पनि ५०.४४ प्रतिशतले अहिलेसम्म खर्चको विवरण सार्वजनिक गरेको पाइएको छ । जम्मा ११३ जना उम्मेदवारमध्ये ३१ निर्वाचित, २६ पराजित गरी ५७ जनाले विवरण बुझाएकोे भए पनि ५६ जनाले बाँकी छ ।
बुंगल नगरपालिकाका जम्मा १७७ उम्मेदवारमध्ये २० जना विजयी उम्मेदवार र ५६ जना पराजित उम्मेदवार गरी ७६ जनाले विवरण बुझाएका छन् भने बाँकी १०१ जनाले विवरण बुझाएका छैनन् ।
मष्टा गाउँपालिकाका २७ जना निर्वाचित, ३१ जना पराजित उम्मेदवारले खर्चको विवरण बुझाएका छन् । चुनावमा उम्मेदवार बनेका ८५ जनामध्ये २७ जनाले विवरण बुझाएका छैनन् ।
सुर्मा गाउँपालिकामा ५६ जना उम्मेदवार मध्ये विजयी २७ र पराजित १८ जनाले विवरण बुझाउँदा ११ जनाले विवरण बुझाउन बाँकी रहेको छ ।
यता, वित्थडचिर गाउँपालिमा १४३ जना उम्मेदवार रहेकोमा हालसम्म २४ जना निर्वाचित र ३१ जना पराजित उम्मेदवारले विवरण बुझाएका छन् भने ८८ जनाले विवरण बुझाएका छैनन् ।
जिल्ला समन्वय समितीका ६६.६७ प्रतिशत उम्मेदवारले मात्रै खर्चको विवरण बुझाएको पाइएको छ । जम्मा ९ जना उम्मेदवारमध्ये विजयी भएका ६ जनाले खर्चको विवरण बुझाएका छन् भने बाँकी ३ जनाले खर्चको विवरण नबुझाएको निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत विमल प्रसाद गौतमले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।