गर्भनर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारी बझाङको माग

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी बझाङले राष्ट्र बैंकको गभर्नरको बर्खास्ती माग गरेको छ । सोमबार बझाङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीले उक्त माग गरेको हो । 

सोमबार अखिल क्रान्तिकारी बझाङका अध्यक्ष देविजंग सिंह र वाइसिएल नेपाल जिल्ला अध्यक्ष रविन बिसीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । 

राष्ट्र बैंकको गभर्नर नेपाल सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व हो । सरकारको वित्तीय नीतिलाई सफल बनाउने गरी मौद्रिक गभर्नर विगतदेखि नै विभिन्न सेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टो करेन्सीलगायत प्रकारणमा विवादास्पद बनेका थिए । 

‘उनले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ,’ ‘राष्ट्र हितलाई तिलाञ्जली दिएर अमुक दलको कार्यकर्ता अवैध गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलनको आँधिबेहरी सृष्टि गर्ने चेतावनी दिन चाहन्छौँ ।’

 





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार २०:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया