ह्युमन अलार्म क्लक, जो घरघर पुगेर मानिसलाई जगाउँथे

काठमाडाैं– अचेल हामीमध्ये अधिकांशको दैनिकी अलार्मबाट सुरु हुन्छ । बिहान अलार्म नबजेकाले कलेज छुट्यो, जिम जान पाइएन, अफिसमा ढिला भइयो, खाना समयमा पाकेनजस्ता समस्या सुन्दा नौलो मान्नुपर्ने अवस्था छैन ।

सोचौँ त, जतिवेला घडी नै थिएन, अलार्म बज्ने कुनै यन्त्र थिएन, त्यतिखेर मानिस कसरी समयमै उठ्थे होला ? त्यतिखेरका सबै मानिसलाई कसैले जगाइदिनुपर्ने आवश्यकता नै नपर्दो हो त ?

घडीको आविष्कारअघि पनि बेलायतीहरु अलार्मसँग अभ्यस्त थिए । त्यतिखेरका मानिस बिहान जगाउन आउने कर्मचारी नै राख्थे । अलार्म क्लक बन्नु पनि एउटा नोकरी वा व्यवसाय थियो ।

हाम्रा गाउँघरमा सूचना प्रवाहका लागि ‘कटुवाल’ भएजस्तै बेलायत, आयरल्यान्ड आदि देशमा बिहान घरघरमा गएर मानिसलाई जगाउने मानव अलार्म क्लकको प्रचलन थियो । 



यस व्यवसायलाई ‘नकर अप’ वा ‘नकर अपर’ पनि भनिन्थ्यो । बेलायतमा १९२० को दशकसम्म नकर अप व्यवसाय निकै प्रचलित थियो । 

नकर अपरहरु मानिसलाई उठाउन विभिन्न उपकरणको प्रयोग गर्थे । जबसम्म घरका मानिस उठ्दैनथे, तबसम्म उनीहरु ढोका ढकढक्याइरहन्थे । माथिल्लो तल्लामा सुत्नेका लागि लामो लठ्ठीले झ्यालमा ढकढक्याउने चलन थियो, ता कि वरपरका अरुलाई डिस्टर्ब नहोस् ।



कोही भने घरअगाडि पुगेर ढुंग्रो फुक्दै आवाज दिन्थे । 

यी ह्युमन अलार्म क्लक रातभर जाग्दथे, आफ्ना सेवाग्राहीलाई उनीहरुले भनेकै समयमा जगाउँथे । र, दिनमा सुत्थे । 

  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार २१:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया