भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ । उनको ८२ वर्षकाे उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हाे ।
सिंहको सोमबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी केही समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । सिंहले धेरै बलिउड गीतहरूमा आफ्नो आवाज दिएका छन्।
उनले ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’, ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘आहिस्ता आहिस्ता’, ‘दूरियाँ’, लगायतका चर्चित गीत गाएका छन् ।
भूपिन्दर सिंहले सानैबाट बुबाबाट गिटार बजाउन सिकेका थिए । दिल्ली आएपछि उनले अल इन्डिया रेडियोमा गायक र गितारवादकको रूपमा काम गरे ।
भूपेन्द्र सिंहको जन्म ६ फेब्रुअरी १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो । उनले सन् १९८० मा बंगाली गायिका मिताली मुखर्जीसँग विवाह गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।