हरियाली बन्दै हेटौंडा बजार [फाेटो फिचर]

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका फुलैफूलको सहरको रूपमा विकास भइरहेको छ । ‘ग्रिन एण्ड क्लिन सिटी’को रूपमा परिचित बन्दै गइरहेको हेटौंडा बजार क्षेत्र अहिले हरियालीको साथमा फुलेका रङ्गीविरङ्गी फूलहरूले मनमोहक देखिएको छ ।

हेटौंडा बजार तथा आसपासको क्षेत्रलाई फुलैफूलको हरियाली सहर निर्माण गर्ने अभियानअनुसार अहिले सडकका छेउ तथा बीचको भागमा ढकमक्क फूल फुलिरहेको हो । त्यस्तै, हेटौंडा उपमहानगरपालिकाले बजारको प्रत्येक चोकचोकमा गमला राखेर फूलको विरुवा रोपेको छ । त्यसको रेखदेख गर्न र गमलामा पानी हाल्न हेटौंडा उपमहानगरपालिकाकै कर्मचारी समेत खटिने गरेका छन् ।

हेटौंडा बजार क्षेत्र र आसपासका सडकपेटीमा रोपिने ठूला–ठूला विरुवाहरू बाहिरबाट किनेर ल्याउने र साना फूलका विरुवाहरू आफ्नै नर्सरीमा उत्पादन गरिने गरिने गरिएको छ । हेटौंडा बजार क्षेत्रको मत्स्य विकास केन्द्र, नगरपालिका रोड, मेनरोड, कान्तिराजपथ, मकवानपुर क्याम्पस गेटलगायत भित्री सडकको डिभाइडरमा लगाइएका फूलले सहरको सुन्दरता बढाएको छ ।  

हरियाली बन्दै हेटौंडा बजार : 





 

  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १३:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया