ट्रम्पमाथि आरोप लगाउने ‘सेक्स गुरु’ रुसको हिरासतमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान तथा रुससँगको साँठगाँठबारे आफूसँग प्रमाण भएको दाबी गर्ने बेलारुसकी मोडल अब रुसी प्रहरीको हिरासतमा पुगेकी छिन् ।

नास्त्या रेबका, जसको खास नाम अनसतासिया वाशुकेविच हो, थाइल्यान्डबाट मस्को विमानस्थल पुर्याएर हिरासतमा लिइएकी हुन् । नास्त्याका वकिलले इन्स्टाग्राममा एक भिडियो राखेका छन् । भिडियोमा उनको गिरफ्तारी देखिन्छ ।

ती वकिलले पोस्ट गरेको उक्त भिडियो अब रुसमा भाइरल हुन थालेको छ । त्यहाँ भ्रष्टाचारविरोधी अभियान चलाइरहेका एलेक्सी नवालनीले भिडियो ट्विट गरेपछि त्यो भाइरल हुन थालेको हो । कतिपय रुसी सन्चारमाध्यमले पनि यो भिडियो प्रसारण गरेका छन् ।

नास्त्या मिन्स्क जान खोजिरहेको बेला उनलाई अपहरण शैलीमा मस्को पुर्याएर गिरफ्तारी गरिएको ती वकिलले आरोप लगाएका छन् । उनले रुसको यो कदमलाई ‘अन्तर्राष्ट्रिय स्क्यान्डल’को संज्ञा दिएका छन् । 

अर्कोतिर, रुसको गृह मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार रेबकालाई वेश्यावृत्ति गरेको आरोपमा पक्राउ गरिएको हो । रुसमा यो आरोप लागेमा ६ वर्षको जेल सजाय हुने कानुन छ ।

रेबकाले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको दख्खलबारे प्रमाण आफूसँग भएको दाबी गर्दै आएकी थिइन् । उनले यो प्रमाण रुसी अर्बपति ओलेग डेरिपास्काले आफूलाई दिएको पनि बताएकी थिइन् । तर, ओलेगले उनीमाथिका आरोपको खण्डन गरेका थिए । ओलेग ती उद्योगपतिमध्ये एक हुन् जसलाई अमेरिकाले हानिकारक गतिविधि सन्चालन गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको छ ।



नास्त्या रेबका चाहिँ बेलारुसकी मोडल हुन् जो आफैंलाई ‘सेक्स गुरु’ बताउन रुचाउँछिन् । इन्स्टाग्राममा उनका निकै धेरै फलोअर्स छन् र उनी थाइल्यान्डमा यौन तथा त्यससँग सम्बन्धित गतिविधिबारे क्लास पनि दिन्थिन् ।



  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार २२:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया