प्रदेश १ को नामम 'किरात' राख्नुपर्ने मुख्यमन्त्री राईको धारणा
फाइल तस्वीर

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन् । उनले २० साउनभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गरे । 

किरात राई यायोक्खाद्वारा मोरङमा आज आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा पुरानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राखे ।

प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही ६ साउनमा सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताए । उनले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिए । 

सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्नु  समय सान्दर्भिक रहेको छ भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्बन्धमा सकारात्मक पहल गर्ने विचार राखे । 

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले  प्रदेशको नाम दल एवं नेताको प्रतिबद्धताअनुसार किरात हुनुपर्ने बताए । 

नेपाली कांग्रेसका सचेतक सूर्यमा राईले नेकां पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्बन्धमा सम्पूर्ण आएका नामका सम्बन्धमा गम्भीररुपमा छलफल एवं समन्वयकारी भूमिका खेली सहमति कायम गरिने विश्वास व्यक्त गरे ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १६:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया