नेपहपको श्रीपेचका विजेता साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

र्‍याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ । 

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन् । शोका जजसमेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन् । 

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको छ । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । 

कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फर्स्ट र्‍याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताए । यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुशी लागेको बताए ।

अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरूले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।  
 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १७:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया