प्रेमी भनिएका व्यक्तिबाटै गायिका सुनारको हत्या : प्रहरी प्रतिवेदन

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या नै भएको प्रहरीले जनाएको छ । हत्यामा उनकै प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ दोषी भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा गायिका दिलमायाको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।  पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो।

शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए।नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा उनको हत्या भएको उल्लेख छ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर नै हत्यामा संलग्न भएको प्रहरीले मंगलबार जिल्ला वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ।

दिलमायाले स्टाटस लेख्न प्रयोग गरेको मोबाइल अझै नभेटिएको र दिलमायाको सल उनले नै पाँच किलोमिटर टाढा लगेर फ्याँकेको देखिएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार २०:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया