गाउँपालिका अध्यक्ष चलाउनेले भने : व्यक्तिगत योजना माग्न आउँदै नआउनुस्

बझाङको छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले व्यक्तिगत योजना माग्न नआउन अनुरोध गरेका छन् । मंगलबार गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष चलाउनेले उक्त अनुरोध गरेका हुन् । 

व्यक्तिगत योजनाले समृद्ध गाउँपालिका नबन्ने र उत्पादनसँग जोड्न नसकिने हुँदा सामूहिक योजना र उत्पादनका लागि योजना माग गर्न अनुरोध गरेका छन् ।

‘योजना माग्दा सामूहिक योजना माग्नुहोस् । व्यक्तिगत योजना माग्न आउँदै नआउनुस् । तेरो योजना, मेरो योजना भन्ने संस्कार हटाउन जरुरी छ । हामीले सामूहिक पहल गरेर उत्पादनमा जोडिएनौँ भने हामी पछाडि पर्छौँ,’ चलाउनेले भने ‘छबिसपाथिभेरा गाउँपालिकालाई पहिचानको गाउँपालिका बनाउन आवश्यक छ । त्यसका लागि सामूहिक उत्पादनमा जोड दिनुपर्दछ ।’ 

आर्थिक २०७९/८० को बजेटमाथि सल्लाह, सुझाव, टिप्पणी तथा आलोचना गर्न पनि अध्यक्ष चलाउनेले अनुरोध गरेका छन् । ‘तपाईंले चाहेको जस्तो बजेट नभएको हुनसक्छ । बजेटमाथि टीकाटिप्पणी गर्नुस्, आलोचना गर्नुस् । व्यक्तिगत रूपमा भेटेर सल्लाहसुझाव दिनुहोस् । हामी सुधार गरेर अगाडि बढ्न तयार छौँ,’ उनले भने ।

विकासित र समृद्ध गाउँपालिका बनाउनका लागि जनसहभागिता अनिवार्य रहेका अध्यक्ष चलाउनेको भनाइ छ । विगतमा उत्कृष्ट घोषणा भएका गाउँपालिकाहरू जनसहभागिताका कारण भएको भन्दै जनसहभागिता जुटाउन आफ्नो तर्फबाट के गर्नुपर्ने हो त्यसका लागि तयार रहेको बताए ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार २२:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया