गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालय स्रोतका अनुसार उनलाई मंगलबार पिसिआर परीक्षण गरेकोमा कोरोना पुष्टि भएको हो ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए । रुघा र ज्वरोसमेत आएपछि उनको पिसिआर गराइएको थियो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

मुख्यमन्त्री पोखरेलमा अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् । 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ६:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया