भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो ।
रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमा बुवामाथि आक्रमण गरेको थियो ।
बाँदरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।
बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बाँदरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिवारका अन्य सदस्यलाई पनि हमला गरेको थियो ।
घटना यतिसम्म हृदय विदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । तर, संसारमा भर्खरै पाइला टेकेको र आफ्ना प्रियजनहरूले नाम राख्न नपाउँदै शिशुको निधन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।