प्री–सिजन टुरअन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुवै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पूरै समय मियामीलाई दबाबमा राखेको थियो ।
बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक/एक गोल गरे ।
अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्द्वी यल मड्रिड र युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।