महफिल यात्रामा सुनिए बसन्त र लक्ष्मण

काठमाडौँ-   

‘पीडाको निर्यात गर्न र खुशीको आयात गर्न मन छ
झुपडीलाई यी दुईटा मात्रै कामको शुरूवात गर्न मन छ ।’

बसन्त ओली ‘बसन्त’ले सुनाए गजल । गजलको शेरसँगै तालिको गडगडाहटले प्रारम्भ भयो कार्यक्रम महफिल । उनका गजलले दर्शकको ध्यान गजलतिर तान्यो । कार्यक्रमको शुरूवातमा उनले तीनओटा गजल सुनाए । 

बसन्तपछि अर्का गजलकार लक्ष्मण सङ्गमले गजल वाचन प्रारम्भ गरे । उनले वाचन गरेको शेर होः

भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ । 
यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ । 

यी लाइन सुन्नासाथ दर्शकको हल्ला एक्कासी बढ्यो वाह् वाह् । सङ्गम जोस्सिए । वाचनलाई अझै मनोरञ्जनात्मक बनाउँदै गए । उनले पहिलो चरणमा सुनाउनुपर्ने तीन ओटा गजल कति बेला सके दर्शकले थाहै पाएनन् । एक्कैचोटी वान्स मोरको आवाज आयो । महफिलको एउटा अर्को सानु शर्माको एकादेशमा पुस्तकको पनि चर्चा गरिएको थियो ।



गजलकार द्वय ‘बसन्त’ र सङ्गमले तीन चरणमा तीन तीन गजल गरी ९–९ ओटा गजल सुनाए । साथमा गजल गायनमा थिए गायक तथा सङ्गीतकार वैकुण्ठ मानन्धर । दुबै गजलकारका गजललाई गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

सर्वनाम थिएटरको सहकार्यमा गोधुली साहित्य प्रतिष्ठानको प्रायोजन रहेको उक्त कार्यक्रम मधुवन, उर्वरा फाउन्डेशन, साहित्य परिवार, शब्दघर लगायतको आयोजनामा आयोजित महफिल निकै उल्लासपूर्ण र मनोरञ्जनपूर्ण बन्यो । महफिल प्रत्येक दुई दुई महिनामा हुने गर्छ । यो महफिलको १८ औँ शृङ्खला हो । 
 



  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ८:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया