धनगढी– तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । पुलिसको जितमा एक मात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले प्रहार गरेको कर्नरमा अभिषेक रिजालले गोल गरेका थिए ।
खेलमा निर्णायक गोल गरेका फाइन प्रतिस्पर्धाका अभिषेक ‘म्यान अफ दी म्याच‘ बन्दै १० हजार पुरस्कार प्राप्त गरे । विजेतासँगै पुलिसले २१ लाख पुरस्कार पाएको छ । उपविजेता थ्री स्टारले दश लाख प्राप्त गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।