राजपा अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी यादवलाई

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ ।  

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्षमण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दिए ।   

बैठकले सहिद परिवारलाई सहयोग गर्न सहिदको सम्मानस्वरूप बलिदानी दिवसका अवसर पारेर ‘सहिद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी, यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ९:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया