नेकपा अध्यक्ष प्रचण्डपत्नी सीता अस्पताल भर्ना

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल आइतबार अस्पताल भर्ना भएकी छिन् ।

केही दिनदेखि ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि  आज बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ । 

सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो ।





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ९:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया